FAQs Complain Problems

गरुडा नगरपालिकाको १४ औं नगर सभा अधिवेशन सम्पन्न ।

​आज मिति २०८२ साल पुस १८ गते शुक्रबारका दिन गरुडा नगरपालिकाको १४ औं नगर अधिवेशन भव्यताका साथ सुसम्पन्न भएको सुखद अवसरमा सम्पूर्ण नगरबासी, जनप्रतिनिधि तथा कर्मचारी वर्गमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं।
​यस गरिमामय नगर सभाका अध्यक्ष नगर प्रमुखज्यू (कन्थमनि प्रसाद कलवार), प्रमुख अतिथिज्यू (श्री रामअयोध्या राय यादव), उपाध्यक्ष श्री पुनम कुमारी चौधरीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री नीलमकुमार न्यौपानेज्यू लगायत उपस्थित सम्पूर्ण वडा अध्यक्षहरूज्यू , निर्वाचित सदस्यज्यूहरू र राष्ट्रसेवक कर्मचारीहरूमा यस अधिवेशनलाई सफल बनाउनु भएकोमा विशेष आभार प्रकट गर्दछौं।
​हाम्रो चाहना:
​नगरको सर्वाङ्गिण विकास र समृद्धिको सुनिश्चितता।
​पारदर्शी, जनमुखी र सुशासनयुक्त स्थानीय सरकार।
​शिक्षा, स्वास्थ्य र पूर्वाधारमा गुणात्मक फड्को।
​यस अधिवेशनले पारित गरेका नीति, कार्यक्रम तथा बजेटले गरुडा नगरपालिकालाई एक नमुना र समृद्ध नगर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हामीले विश्वास लिएका छौं। नगरको विकासमा हामी सबैको सहकार्य सधैं रहिरहोस्।
“समृद्ध नगर, सुखी नगरवासी”