News & Events
गरुडा नगरपालिकाको नगर सभाको १२ औ अधिवेशनको बैठक सम्पन्न
रौतहट जिल्लाको गरुडा नगरपालिका आफ्नो हिउँदे अधिवेशन सोमबार सम्पन्न गरेको छ । गरुडा नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरसभाको (१२) बाह्रौँ अधिवेशन–२०८१ सम्पन्न गरेको हो । गरुडा नगरपालिकाको सम्पुर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्यहरूको उल्लेखनिय सहभागितामा अधिवेशन सम्पन्न गरेका छन् । यो अधिबेशन गाउँ सभा/नगर सभा/जिल्ला सभा कार्य सन्चालन ऐन २०७७ अनुसार नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल ज्युको सभाअध्यक्षतामा तथा जिल्ला बिकास समन्वयन समितिको अध्यक्ष रामअयोध्या यादबको प्रमुख आतिथ्यमा १२ औँ अधिबेशन सम्पन भएको छ ।