FAQs Complain Problems

संक्षिप्त परिचय

भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. २ अन्तर्गत तराई क्षेत्रको रौतहट  जिल्लाको उत्तर मध्य भागमा  अवस्थित गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा विर्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका   पर्दछ । विं. स. २०७१  मंसिर १६  गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं. स.२०७१ पुस २१  गते औपचारिक रुपमा साविकको गा.बि.स.हरु गरुडा बैरिया , महमदपुर, जयनगर, गेदहिगुट्टी, मलाही, पोठियाही र बसबिट्टी जिगडिया समायोजन भै गरुडा नगरपालिकाको स्थापना भएको हो । यसपश्चात लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था पश्चात स्थानीय तह पूर्नसंरचनाका लागि गरिएको निर्णयानुसार साविक गा.बि.स. पिपरिया दोस्तिया र रघुनाथपुर्  गाविसको समायोजन भैं ९  वटा वडा सहितको नगरपालिको प्रवद्धिकरण भएको हो । जिल्ला सदरमुकाम गौर  देखि २० कि.मि टाढा  उत्तरतर्फ रहेको यस नगरपालिकाको क्षेत्रफल ४४ .४६ वर्ग कि.मी. रहेको छ । जातिय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनैतिक महत्व तथा विशेषता बोकेको यस कोहलपुरले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । 

सामाजिक अवस्था :- गरुडा  न.पा. रौतहटकै प्रगति उन्मुख नगर हो । जहाँ बिजुली, बत्ती, खानेपानी, बाटो घाटो, पुल, अस्पताल, विद्यालय उच्चशिक्षा खेलकुद लगायत सम्पूर्ण दृष्टिले  सुसम्पन्न नगर हो । यहाँ मुख्य बसोबास यादव जातीको रहेता पनि सबै जातिको उपस्थित देखिन्छ । यहाँ विभिन्न जातजाति, धर्म सस्कृती मान्ने मानिसहरुको बसोबास रहेको छ ।